a presentation of Dreams & Ideas

         
     
   

बाल संसार वेबसाइटमा हार्दिक स्वागत !

यो बेवसाइट नेपाली भाषा बुझ्ने सबैका लागि हो ।

Welcome to BalSansar!

Children's World

Website for Nepali children

Visit English Section

यसका उद्देश्यः

बालबालिकालाई सिर्जनशील बन्न सघाउनु,
स्वदेश र विश्वका बाल साहित्यसँग परिचित गराउनु,
आधुनिक आमसंचारका माध्यमहरुका बारेमा सजग बनाउनु,
अभिभावकहरुलाई बालबालिकाको हक र हितप्रति सचेत बनाउनु ।

यो वेबसाइट अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्षमा २० नवेम्बर २००५ को दिनमा थालिएको हो । यो वेबसाइटमा निरन्तर नयाँ सामग्री थपिनेछन् ।
पढने सामग्रीका साथै हेर्ने र सुन्ने सामग्री पनि राखिनेछन् ।
बालबालिकाले लेखेका रचना पनि राखिनेछन् ।

हाम्रो लोकतान्त्रिक राष्ट्रगान

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली ।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि
नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय
जय नेपाल ।

राष्ट्रगान डाउनलोड गरेर सुन्नुहोस्

 

शिशु गीत

नयाँ कथा

चेपागाँडाको स्कुल
यो नयाँ कथा पावरप्वाइन्ट फाइलमा हेर्न र डाउनलोड गर्न सकिन्छ ।

ढड्डु मुसाको बकबक
- विनय कसजू

कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः "राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।  ......."

ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर र्फकन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।

पूरा कथा पढ्नुस् ।

सानो भ्यागुताको सपना
चिनिया बालकथा
लेखकः लिङ सोङइङ, चित्रांकनकर्ताः झाइ साओरोङ

सानो भ्यागुता पोखरीको किनारामा बसेर पानीमा आफूलाई हेरिरहको थियो । उसको जिऊको रंग हरियो थियो । तर उसलाई हरियो रंग पटक्कै मन पर्दैर्नथ्यो ।
"मेरो रंग फूलको जस्तो रातो भए कस्तो राम्रो हुनेथियो होला !" सानो भ्यागुताले यस्तो बिचार गथ्र्यो ।

पूरा कथा पढ्नुस् ।

विरालोको सम्मान
विनय कसजू

"विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।" दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो ।

"यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?" तन्नेरी मुसाले कुरा काट्यो ।

"हामीभन्दा पहिले पनि यो विषयमा धेरै छलफल भइसकेको छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने कोसिस गर्दा धेरै मुसा सहिद भइसकेका छन् । कथंकदाचित कोही सफल भए पनि बिरालोले धेरै दिनसम्म घाँटीमा घण्टी बाँधेर बस्दैन । चुँडालेर फालिहाल्छ । यसैले अब बिरालोको घाँटीमा घण्टी बाँध्ने योजना छाडिदिउँ भनेको हो ।" दाह्रीवाल मुसाले आफ्नो कुरा मनाउन खोज्दै भन्यो ।

यसैबीच एउटा दुब्ले मुसाले बिरालोको नक्कल गर्दै जोडले "म्याउँ" गर्यो । सबै मुसाका कान ठाडा भए । बिरालो आयो कि भनेर सबै मुसा चनाखा भए । अनि दुब्ले मुसाले ताली बजाउँदै सबैको ध्यान आफूतिर तान्यो र बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने नयाँ उपाय सुनायो ।

दुब्ले मुसाको कुरा सुनेर धेरैजसो मुसाहरू हाँसे । उसको कुरा धेरैले पत्याएनन् । तर दुईचार मुसाहरूले उसको र्समर्थन गर्दै भने, "दुब्लेले भनेको उपाय एक पल्ट प्रयास गरे के बिग्र्यो र ?"

अनि एक दिन दुब्लेको योजना अनुसार मुसाहरूले ठूलो सभाको आयोजना गरे । सभाको प्रमुख अतिथिको रूपमा ढाडे बिरालोलाई निम्ता गरियो । टोलका अरु बिरालाहरूलाई पनि निम्तो पठाइयो ।

पूरा कथा पढ्नुस्

खेलाडी गुफी र रोबोट

डिज्नेल्याण्ड कार्टुन कथाका पात्रहरूमा आधारित

अनुवादकः विनय कसजू


दौड सुरु भइसकेको थियो । खेलाडीहरूलाई उत्साहित गर्न दर्शकहरूले ताली बजाएर हल्ला गरिरहका थिए । दौड सकिने अन्तिम रेखामा फोटो पत्रकारहरू फोटो खिच्न तयार थिए ।

खेलाडी गुफी बेतोडसँग दौडँदै लाइनमा आइपुग्यो । उसले दौड प्रतियोगिता जित्यो ।
"गुफी साँच्चै महान खेलाडी हुन् ।" गुफीलाई रुचाउने दर्शक चिच्यायो ।

"ऊ बतासझैँ दगुर्छ ।" अर्को करायो ।

तर त्यहाँ गुफीले जितेकोमा खुशी नहुने एक जना थियो । त्यसको नाम पिटे थियो । ऊ दुष्ट थियो ।

मेयरले गुफीलाई पुरस्कार दिएको पिटेले हेरिरहेको थियो । मेयरले गुफीलाई पदकसँगै ठूलै रकमको चेक पनि दियो ।

"गुफीले पाउने त्यो अन्तिम रकम हो ।" पिटेले मनमनै भन्यो, "अब हुने दौडमा यो चेक मैले पाउनेछु ।" भन्दै पिटेले खुट्टा बजार्यो ।

पुरस्कार बाँडेपछि मेयरले लामो भाषण गर्न लागेका थिए । तर गुफीले "मेरो अलिकति काम बाकी छ ।" भन्दै त्यहाँबाट हिँड्यो ।

सबैभन्दा पहिले ऊ बैँकमा गयो । उसले चेक साटेर नगद लियो । त्यसपछि ऊ खेलकुदका सामान बेच्ने पसलमा गयो । त्यहाँ उसले रकेट, व्याट, बल र खेलका थुप्रै सामान किन्यो । ती सामानको भारी बोकेर त्यहाँबाट ऊ दगर्ुर्दै एउटा घरमा पुग्यो ।

त्यो घरमा आमाबा नभएका टुहुरा केटाकेटीहरू बस्थे । "हेर त केटा हो मैले तिमीहरूको लागि के ल्याएको छु ।"उसले ती केटाकेटीहरूलाई भन्यो ।

खेलाडी गुफी उनीहरूकहाँ जहिले आए पनि उनीहरू खुशीले उफ्रन्थे । गुफी उनीहरूको सबैभन्दा असल साथी थियो ।

गुफीले सबै केटाकेटीलाई खेलकुदका सामान वाँड्यो । उनीहरूले गुफीलाई धन्यवाद दिए । टुहुरा घरका व्यवस्थापकले पनि उसलाई धन्यवाद दियो ।

"अर्को साता फेरि दौड प्रतियोगिता हुँदैछ ।" खेलाडी गुफीले भन्यो, "त्यसमा जितेँ भने पुरस्कारको रकमले केटाकेटीलाई खेल्नको लागि अगाडिको चौर किनिदिन्छु । त्यति भएपछि उनीहरूलाई उफ्रन खेल्न ठाउँ पुग्छ ।"

तर दुष्ट पिटेले अर्कै चाल चल्ने तयारी गर्दै थियो । उसले एउटा रोबोट बनाउँदै थियो । रोबोट तयार भएपछि त्यसलाई गुफीसँग दौडाउने उसको बिचार थियो ।

"मेरो रोबोट साँच्चैको खेलाडीजस्तै देखिने छ । त्यसले सबैलाई झुक्याउने छ ।" पिटे मनमनै हाँस्यो ।

पूरा कथा पढ्नुस्

नयाँ कथा पढ्न यहाँ क्लिक गर्नुस्

बाल चौतारी
बाल चौतारी

इसपका नीतिकथा | पंचतन्त्रका कथा | बौद्ध जातककथा | चीनका नीतिकथा
आफन्तीका कथा
 | प्रसिद्ध प्राचिनकथा | प्रसिद्ध लोककथा | प्रेरक कथा
हान्स एन्डरसनका कथा | विनय कसजूका कथा | बाल सिर्जना



   
     
विनय कसजूका बालसाहित्यका पुस्तकहरू
 


झ्यापुल्लेको बिजोग बालसाहित्य समाजद्वारा पुरस्कृत २०६१


बाघको सत्कार


मुसालाई दोसल्ला


हान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरू

 
           
 


बनको दमकल


घडीहरूको जमघट बालसाहित्य समाजद्वारा पुरस्कृत २०६३


जन्मदिनको उपहार


बालकथा लेखन

 
           
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
info(at)balsansar.com

a presentation of