a presentation of Dreams & Ideas

         
     
   

नेपाल बालसाहित्य समाज
नेवासास NESCHIL

स्थापनाः विक्रम संवत २०४४ साल दशैँ ।
संस्थाको विधानअनुसार बाल भन्नाले १५ वर्षसम्मका बालबालिकालाई जनाउँछ ।
बालसाहित्य भन्नाले "बालबालिकाहरूका निम्ति उपयुक्त भाषा र शैलीमा प्रस्तुत भएका र श्रव्य, दृश्य तथा र्स्पर्शग्राह्य रूपमा तयार गरिएका कुनै पनि विषयका कृति" लाई जनाउँछ ।

उद्देश्यः
बालसाहित्यका लेखक, चित्रकार, सम्पादक, अनुवादक, समीक्षक, शिक्षक, ग्रन्थपाल र प्रकाशक तथा बालविशेषज्ञ, तथा बालकार्यक्रमसँग सम्बद्ध व्यक्तिहरूका बीच सहयोग सौहार्द र सद्भावनाको विकास गर्दै नेपालमा बालसाहित्यको सिर्जना, प्रकाशन, वितरण र पठन कार्यको अभिवृद्धि गर्नु ।

उद्देश्य प्राप्तिका लागि संस्थाले गर्ने कार्यक्रमहरूः
क) समयसमयमा प्रवचन, गोष्ठी र कार्यशालाहरू आयोजना गर्ने ।
ख) वर्षमा एक पल्ट वाषिर्क सम्मेलन गर्ने ।
ग) बालसाहित्यको सम्बर्द्धनका निम्ति प्रतियोगिताहरू गराई पुरस्कृत गर्ने ।
घ) स्तरीय बालपुस्तकहरू प्रकाशित गर्ने ।
ङ) बालसाहित्य र पठनसम्बन्धी अनुसन्धानात्मक पत्रिका र बुलेटिन प्रकाशित गर्ने ।
च) बालबालिकाहरूलाई पठन कार्यमा जागरुक तुल्याउने कार्यक्रमहरूको आयोजना गर्ने ।
छ) विश्वका सर्वश्रेष्ठ बालसाहित्यको नेपाली तथा संभव भएसम्म नेपालका अन्य राष्ट्रिय भाषामा अनुवाद गर्ने र नेपालका बालसाहित्यको विदेशी भाषामा अनुवाद गर्ने ।
ज) नेपालको बालसाहित्यको विकासका सम्बन्धमा बालसाहित्य तथा बालहित सम्बन्धी स्वदेशी तथा विदेशी संस्थाहरूसँग पारस्परिक सहयोग र जानकारीको आदान प्रदान गर्ने ।

सदस्यता
वार्षिक तथा आजीवन सदस्यः बालबालिकाका निम्ति तयार गरिएको कुनै पनि विषयका कृतिका लेखक, अनुवादक, चित्रकार र सम्पादकका साथै बालसाहित्यका समीक्षक, बाल पुस्तकालयका ग्रन्थपाल, बालसाहित्यका शिक्षक, बाल विशेषज्ञ तथा बाल कार्यक्रमसँग सम्बद्ध व्यक्ति संस्थाका आजीवन र बाषिर्क सदस्य बन्नसक्छन् ।

समर्थक सदस्यः बालसाहित्यको सर्म्बर्द्धनमा अभिरुचि लिने कुनै पनि व्यक्ति आजीवन सदस्यका लागि सिफारिसमा निर्धारित शुल्क तिरी समर्थक सदस्य बन्नसक्छ ।

संस्थागत सदस्यः विद्यालय, पुस्तकालय र साहित्यिक, सांस्कृतिक वा प्राज्ञिक संस्थाहरू निर्धारित शुल्क तिरी संस्थागत सदस्य बन्नसक्छन् ।

सम्मानित सदस्यः कार्यसमितिको सिफारिसमा साधारण सभाले सम्मानित सदस्यता प्रदान गर्छ ।

बाषिर्क, आजीवन, र्समर्थक र संस्थागत सदस्यता शुल्क कार्यसमितिले निर्धारण गर्छ ।
कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य गरी जम्मा ११ जना हुन्छन् । कार्यसमिति तीन वर्षका लागि चुनिन्छ । वर्तमान कार्यसमितिको चुनाव २०६१ चैतमा भएको थियो ।

माथि


विश्वम्भर चंचल
कार्यसमितिः

अध्यक्षः विश्वम्भर चंचल
उपाध्यक्षः भिक्टर प्रधान
महासचिवः तेजप्रकाश श्रेष्ठ
सचिवः शारदा अधिकारी (ढकाल)
कोषाध्यक्षः ध्रुव घिमिरे
सदस्यः अनन्त वाग्ले, अमरकुमार प्रधान, प्रा. गोपिकृष्ण शर्मा, प्रमोद प्रधान, डा. महादेव अवस्थी, डा. शैलेन्दुप्रकाश नेपाल

प्रकाशनः
नेवासासले बालसाहित्य वार्षिक पत्रिका प्रकाशित गर्दै आएको छ ।
समाजले नेबासास समाचार बुलेटिन बेलाबेलामा प्रकाशित गर्छ ।
समाजले बालसाहित्यका पुस्तक र बालपुस्तक सूची पनि प्रकाशित गर्छ ।
नेपाली बाल विश्वकोशः समाजले युनेस्कोको सहयोगमा नेपाली बाल विश्वकोश प्रकाशित गरेको छ । कोशमा नेपालको भूगोल, इतिहास, साहित्य, कृषि आदि विषय समेटिएका छन् । यसमा ७२० पृष्ठ छन् ।

नेबासास पुरस्कारः
नेबासासले वि.सं. २०४५ देखि प्रत्येक वर्षअघिल्लो वर्षभरि प्रकाशित पुस्तकमध्ये एउटालाई सर्वश्रेष्ठ लेखन तथा चित्रांकनका लागि दुइटा पुरस्कार घोषणा गर्दै आएको छ । तर २०६० सालदेखि लक्षित बालपाठकको उमेरको आधारमा दुइटा पुरस्कार दिन थालिएको छ ।
२०६० सालको चारदेखि सात वर्ष उमेर समूहका लागि लेखिएका पुस्तकमध्येबाट लेखन पुरस्कार "मिलीजुली घर" पुस्तकका लागि शारदा अधिकारीलाई दिइएको थियो भने आठदेखि चौध वर्ष उमेर समूहका लागि लेखिएका पुस्तकमध्ये "चम्किला चौध कोपिला" पुस्तकका लागि विजयराज आचार्यलाई पुरस्कृत गरिएको थियो । चित्रांकन पुरस्कार "कथाकुल" पुस्तकका कलाकार किशोर जोशीलाई प्रदान गरिएको थियो ।

२०६१ सालको चारदेखि सात वर्ष उमेर समूहका लागि नेवासास बालपुस्तक लेखन पुरस्कार "सानी र सुरी" चित्रपुस्तकका लागि शिल्पी प्रधानलाई र आठदेखि १६ वर्ष उमेर समूहका लागि लेखन पुरस्कार "झ्यापुल्लेको विजोग" बालकथा संग्रहका लागि विनयकुमार कसजूलाई तथा चित्रांकन पुरस्कार "सानी र सुरी" चित्रपुस्तकका कलाकार युवक श्रेष्ठलाई दिइएको थियो ।

२०६२ सालको नेवासास बालपुस्तक लेखन पुरस्कार ४ देखि ७ वर्ष उमेर समूहका लागि ध्रुव घिमिरेलाई "खुट्टा गन्ने खेल" चित्रकथा पुस्तकका लागि र आठदेखि १६ वर्ष उमेर समूहका लागि शान्तदास मानन्धरलाई "कमिलाले सुनाएको मुसाको दुलाको कथा" तथा चित्रांकन पुरस्कार "मिलिजुली" चित्रपुस्तकका कलाकार देवेन्द्र पाण्डे 'देवेन' लाई दिइएको छ ।

२०६३ सालको नेवासास बालपुस्तक लेखन पुरस्कार ४ देखि ७ वर्ष उमेर समूहका लागि विनयकुमार कसजूलाई "घडीहरूको जमघट" चित्रकथा पुस्तकका लागि र आठदेखि १६ वर्ष उमेर समूहका लागि अनिल पौडेललाई "आमाचरी" बालउपन्यासका लागि तथा चित्रांकन पुरस्कार "मनुको मने" बालचित्रकथा पुस्तकका कलाकार कीर्तिकिशोर जोशीलाई दिइएको छ ।

सम्मान
नेबासासले बालसाहित्यमा विशेष योगदान दिनेहरूलाई मानार्थ सदस्यता दिने गरेको छ । अहिलेसम्म मानार्थ सदस्यता पाउनु भएका बालसाहित्यकार हरूः
देवकुमारी थापा
कृष्णप्रकाश श्रेष्ठ
शान्तदाश मानन्धर

राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न
उत्कृष्ट बालसाहित्य लेखन पुरस्कार वितरण

नेपाल बालसाहित्य समाजको १९ औँ वार्षिकोत्सव राष्ट्रिय बालसाहित्य सम्मेनको रूपमा २०६३ फागुन १० र ११ गते विभिन्न कार्यक्रम गरी मनाइयो ।

सो अवसरमा २०६३ मा प्रकाशित बालसाहित्यका पुस्तकहरूमध्ये नेबासास उत्कृष्ट बालपुस्तक लेखन तथा चित्रांकन पुरस्कार वितरण, बालसाहित्य सम्बन्धी विभिन्न विषयका कार्यपत्रमा छलफल, बालसाहित्य पठनसम्बन्धी अन्तर्‍किया, निवन्ध, चित्रकला र सुलेखन प्रतियोगिता गरिएको थियो ।

२०६३ सालको नेबासास उत्कृष्ट बालपुस्तक लेखन पुरस्कार 'घडीहरूको जमघट' चित्रकथा (४-७ उमेर समूह) का लागि विनयकुमार कसजूलाई र 'आमाचरी' बालउपन्यास (८-१६ उमेर समूह) का लागि अनिल पौडेललाई तथा उत्कृष्ट बालपुस्तक चित्रांकन पुरस्कार 'मनुको मने' चित्रकथाका लागि चित्रकार कीर्तिकिशोर जोशीलाई प्रदान गरिएको थियो ।

नेपाल बालसाहित्य समाजका गतिविधिहरू चित्रमा  


नेपाल बालसाहित्य समाजद्वारा २०६३ चैत १६ र १७ गते नुवाकोटमा आयोजित बालसाहित्य सम्मेलन


चितवन जंलग लजको आतिथ्यमा नेपाल बालसाहित्य समाजद्वारा २०६४ बैशाख १० – १२ गते आयोजित बीसौँ साहित्य बनमहोत्सव र लेखन चित्रांकन कार्यशालाका सहभागीहरू

नेपाल बालसाहित्य समाजको २०६४ साउन १२ गते सम्पन्न साधारणसभा

 

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
info(at)balsansar.com

a presentation of