| पंचतन्त्रका
कथा
प्रथम तन्त्र
द्वितीय तन्त्र
तृतीय तन्त्र
चतुर्थ तन्त्र
पंचम तन्त्र
पंचतन्त्रका कथाहरूको पृष्ठभूमि
पंचतन्त्र छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत
साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद
भएको ५ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस
पात्र पनि छन् । इसपका नीति कथाहरूजस्तै पंचतन्त्रका
कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् ।
सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने
शिक्षा र सन्देश दिन्छन् । कथाका पात्र र परिवेशलाई
हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै
अनुमान गर्नसकिन्छ ।
पंचतन्त्रका कथाहरू किन लेखिए भन्ने बारेमा रमाइलो
कथा छ । महिलारोप्य नगरमा अमरशक्ति नाम भएका महादानी
र प्रतापी राजा थिए । उनीसित धनसम्पत्तीको कमी थिएन
। तर उनका तीन भाइ छोराहरू उद्दंड र मूर्ख थिए । छोराहरूलाई
कसरी सपार्ने भनेर राजा पिरोलिरहन्थे ।
मूर्ख राजकुमारहरूलाई सपार्न सक्ने शिक्षक राज्यभित्र
नभेटिएपछि सुमति नाम गरेका मन्त्रीले विष्णु शर्मा नाम
गरेका विद्वन पंडितलाई बोलाएर ल्याए । मन्त्रीले राजकुमारहरूलाई
विष्णु शर्माको जिम्मा लगाउन राजालाई सल्लाह दिए ।
राजाले विष्णु शर्मालाई मूर्ख राजकुमारहरूलाई सकेसम्म
चाँडै राजनीतिज्ञ बनाइदिन अनुरोध गरे । राजाले उनलाई
धेरै धन र जग्गा जमिन इनाम दिने बचन दिए । विष्णु शर्माले
भने, ूमैले विद्या बेच्ने काम गर्दिन । तर छ महिनाभित्र
यी राजकुमारहरूलाई राजनीति जान्ने बनाउन सकिन भने मैले
आफ्नो नाम नै फेर्छु ।ू
मूर्ख राजकुमारहरूलाई विष्णु शर्माको जिम्मा लाएर
राजा निश्चिन्त भए । विष्णु शर्माले राजकुमारहरूलाई
शिक्षा दिनका लागि अनेक कथाहरू रचे । कथाहरूको माध्यमबाट
नै उनले राजकुमारहरूलाई राजनीति, कूटनीति र व्यावहारिक
ज्ञानको शिक्षा दिए ।
विष्णु शर्माले रचेका कथाहरू पाँच प्रकरण वा खण्डमा
बाँडिएको हुनाले ती सबै कथालाई पंचतन्त्र भनिन्छ । ती
पाँच खण्डको नाम यस प्रकार छः १ मित्रभेद, २ मित्रसंप्राप्ति,
३ काकोलुकीय, ४ लब्धप्रणाश र ५ अपरीक्षितकारक ।
यसका कतिपय कथाहरु कथाहरुभित्र कथा र कथाभित्रका कथाभित्र
पनि कथा छन् । संस्कृत साहित्यको यो प्राचिन शैली हो
। यसैले यसभित्र कति वटा कथा छन् भनेर स्पष्टसँग छुट्याउन
गाह्रो छ । तै पनि सामान्यतः बजारमा उपलब्ध पंचतन्त्र
कथाका पुस्तकहरूमा ४० देखि ८० वटासम्म कथा पाइन्छन्
।
यो बाल संसार वेब पृष्ठमा केटाकेटीले रुचाउने खालका
र उनीहरूलाई उपयोगी कथाहरू बटुलेर राखिएका छन् । यी
कथाहरू हिन्दी भाषामा प्रकाशित पंचतन्त्रका विभिन्न
पुस्तकहरूबाट उल्था गरिएका हुन् । कतिपय कथाहरूलाई अनुवादमात्र
नगरी नेपाली परिवेशमा ढाल्ने र सरल बनाउने प्रयास पनि
गरिएको छ ।
मूल पृष्ठमा जाउँ |