प्रेरक
कथाहरू
१ यो गाउँका मानिस कस्ता छन् ?
एक जना मानि एउटा गाउँको चिया पसलमा पस्यो । उसले खाजा खाँदै
चिया पसलेसँग सोध्यो, "साहुजी, यो गाउँका मानिस कस्ता
छन् ?"
उसको प्रश्न सुनेर चिया पसलेले ऊसँगै सोध्यो, "तपाईँ
जुन गाउँबाट आउनु भयो त्यो गाउँका मानिस कस्ता थिए ?"
उसले भन्यो, "म पल्लो डाँडामा पर्ने माझ गाउँबाट
आउँदैछु । त्यहाँका मानिसहरू साह्रै जाति छन् ।"
उसको कुरा सुनेपछि चिया पसलेले भन्यो, "यो गाउँका
मानिसहरू पनि साह्रै असल छन् ।"
छ महिनापछि त्यही चिया पसलमा अर्को मानिस आयो । उसले
पनि अघिल्लो मानिसले सोधेकै प्रश्न सोध्यो । चिया पसलेले
पनि जवाफ दिनुअघि पहिलेकै प्रश्न दोहोर्यायो, "तपाईँ
जुन गाउँबाट आउनु भयो त्यो गाउँका मानिस कस्ता थिए ?"
उसले भन्यो, "म माझ गाउँबाट आउँदैछु । त्यो गाउँका
मानिस साह्रै खराब छन् । उनीहरू यति लोभी छन् कि मानिसको
दाँतमा जडेको सुन पनि उप्काउन बेर लाउन्नन् । "
उसको कुरा सुनेपछि चियापसलेले भन्यो, "यो गाउँका
मनिसहरू पनि त्यस्तै छन् । तपाईँले यो गाउँका मानिस
र माझ गाउँका मानिसहरूबीच केही फरक पाउनुहुने छैन ।
"
माथि
मूल पृष्ठमा जाउँ |