|
विनय कुमार कसजुका कथा
माछा, भ्यागुता र फुचे
फुचेलाई
उसकी आमाले खोलामा नुहाउन लिएर गएकी थिइन् । फुचे चिसो पानीमा
नुहाउन मानिरहेको थिएन । आमाले उसलाई पानीमा तानेर लगेपछि
ऊ चिच्याएर रुन थाल्यो ।
फुचे रोएको सुनेर पानीभित्रका माछा र भ्यागुताहरूले
पानीमाथि टाउको निकालेर हर्ेनथाले । फुचे कराइरहेको
थियो, "आमा, जाडो भयो । नाइँ म चिसो पानीमा नुहाउन्न
भनेको ।"
फुचेको कुरा सुनेर माछाहरू हाँस्न थाले । उनीहरूले
भने, "कस्तो केटो होला । एक छिन पानीमा बुड्न पनि
कति डराएको होला ? हामी जीवनभरि पनीमै बस्छौँ त कत्ति
पनि रोएका छैनौँ । डरछेरुवा फुचे ।"
माछाहरूको कुरा सुनेर एउटा बूढो भ्यागुताले भन्यो,
"तिमी कत्लेहरूलाई जाडो र गर्मीको कुरा के थाहा
! उसको जिऊको छाला पनि तिमीहरूको जस्तै भएको भए ऊ पनि
तिमीहरूजस्तै पानीमा रमाउने थियो ।"
फुचेले धेरै जिद्दी गरेपछि आमाले खोलाको छेऊमा झिँजा
दाउरा बटुलेर आगो बालिन् अनि खँडकुलोमा पानी तताएर फुचेलाई
नुहाइदिइन् । फुचेले तातो पानीले छयाप्ला भन्ने डरले
माछा र भ्यागुताहरू पानीभित्र पसे ।
२०६० पुस २९ मंगलबार
साँचल, सानेपा, ललितपुर
(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |